समाचार

एमालेको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । चितवनको नारायणी किनारामा हुने महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजेपछि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको नेकपा एमाले जनाएको छ ।महाधिवेशन उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस...

कालिका चण्डिका सामुदायिक वनको २२ औं वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ कालिटारस्थित रहेको कालिका चण्डिका सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष शिवराम थापाको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यतामा बिहिबार साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उदघाटन कार्यक्रममा...

नेपाल प्रहरीको इन्सपेक्टरमा भर्ना खुल्यो, जवानसहित २३२० जना माग, कहाँकहाँबाट दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाल प्रहरीमा १ सय ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र १९ सय ७१ जना प्रहरी जवान पदमा भर्ना खुलेको छ । त्यसैगरी कार्यालय सहयोगी (भान्से) १ सय ६३ जना, हजाम १० जना, कार्यालय सहयोगी (सिलाइ बुनाइ) १० जना, कुचिकार १० जना र धोबी १० जनाको लागि भर्ना...

राप्रपाका अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी...

उद्योग दिवसको अवसरमा हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी

मकवानपुर । हेटौंडामा हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी गरिएको छ । सातौं उद्योग दिवसको अवसरमा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको संयुक्त आयोजनामा एक दिने प्रदर्शनी गरिएको हो । मन्त्रालयको प्राङ्गनमा भएको...

आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति राष्ट्रपतिको चिन्ता

काठमाडौँ । नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गरेका छन् । महालेखापरीक्षको कार्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उनले आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्वपूर्ण हुने बताइन् । चाणक्यको अर्थशास्त्रमा लेखिएको ‘अथ अर्थानुशासनम’ पदावलीको सापटी...

थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २९८ जना...

सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती

बझाङ । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक...

हुम्लाका सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभाव

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ । उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीयवासी औषधोपचारबाट बञ्चित भएका छन् । “गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् । तर स्वास्थ्य संस्थामा औषधि छैन”, स्थानीयवासी मेगराज रोकायाले भने, “यसप्रति...

आज नेप्से झिनो अंकले घट्यो

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव २२ अंक अर्थात् शुन्य दशमलव १२ प्रतिशतले घटेर २ हजार ७३१ दशमलव ७८ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर...