कालिका चण्डिका सामुदायिक वनको २२ औं वार्षिक साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७८ मंसिर १०,शुक्रबार ०८:०८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ कालिटारस्थित रहेको कालिका चण्डिका सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष शिवराम थापाको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यतामा बिहिबार साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उदघाटन कार्यक्रममा समूहका सहसचिव रामकृष्ण रानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश थापाले आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष २०७८/०७९ को लागि करिव ८ लाखको अनुमानित बजेट पेश गरेका थिए । कार्यक्रममा सव डिभिजन वन कार्यालय, भैसेका रेन्जर निश्चल घिमिरे, फरेष्टर बविता घिमिरे, समूहकी उपाध्यक्ष अप्सरा लामा, नेपाली काँग्रेसका नेता नारायण थापा, सञ्चारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।