आज नेप्से झिनो अंकले घट्यो

तु खबर संवाददाता
२०७८ मंसिर ९,बिहीबार १६:१८

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव २२ अंक अर्थात् शुन्य दशमलव १२ प्रतिशतले घटेर २ हजार ७३१ दशमलव ७८ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये ३ उपसूचक बाहेकका सबै उपसूचक आज राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहमा सर्वाधिक अंकले बृद्धि भएको छ भने सर्वाधिक घट्नेमा निर्जीबन बीमा समूह रहेको छ । साथै आज समृद्धि फाइनान्सको सर्वाधिक ९.२७ प्रतिशत अंकले बृद्धि भएको छ भने एनटिसीको सर्वाधिक २६ करोड ५७ लाख भन्दा माथिको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा मानुषी लघुवित्तको ६.९३ प्रतिशत अकं, साना किसान विकास लघुवित्तको ५.०८ प्रतिशत अकं, कर्णाली डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत अकं, केबिएल डिबेञ्चरको ४.४१ प्रतिशत अकं, हिमाल दोलाखा हाइड्रोपावरको ३.८२ प्रतिशत अकं र चन्द्रागिरि हिल्सको ३.०१ प्रतिशत अकंले घटेको हो ।