समाचार
प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत पठनपाठन सुरु
तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो । स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दिगो, समयको बचत र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक तीर्थराज...
एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ । दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर...
बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँको उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आसन्न मंसिर १६ र १७ गते हुने हेटौंडामा हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी सभापति पदमा रहने बताएका छन् । कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको...
हेटौंडाका राउत प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले बाघको जस्तो देखिने दाँत र स्रोत नखुलेको नगद एक लाख ५२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ बस्ने ३० वर्षीय भिम राउन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका...
माओवादी मकवानपुरको १० औं स्थानीय तहको सम्मेलन मंसिर १३ मा
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठक शक्रबार सम्पन्न भएको छ । पार्टी मकवानपुर जिल्ला इञ्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवम् पार्टी जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको सभाध्यक्षतामा बैठक बसेको हो । बैठकले पार्टी केन्द्रले गरेको सर्कुलरअनुसार मंसिर...
एडिबीले सात अर्ब ऋण दिने
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका हुन् । नेपालको...
‘प्रहरीमा जागिर खाएको निहुँमा श्रीमानसँग विवाद भयो’
काठमाडौं । विसं २००८ को कुरा हो। काठमाडौं, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियो। विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमंगका बेला उनीसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन सुरू गरेको थियो। त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध...
एमाले केन्द्रिय सदस्यमा प्रवासको प्रतिनिधित्व गर्दै सृजना नेपालीको उम्मेदवारी
मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको संघारमा आगामी कार्यकालको लागि केन्द्रीय कमिटिको विभिन्न पदहरुमा धमाधम उमेदवारी घोषणा भइरहेका छन् । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटिले प्रवासी नेपाली मञ्च दक्षिण कोरियाकी अध्यक्ष तथा अन्तरराष्ट्रिय कमिटिका उद्यमी तथा व्यवसायी विभाग प्रमुख सृजना नेपालीलाई अघि सारेको...
थप २७० जनामा कोरोना पुष्टि, ३०२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप...
बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु
खलङ्गा । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी...









