हेटौंडाका राउत प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले बाघको जस्तो देखिने दाँत र स्रोत नखुलेको नगद एक लाख ५२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ बस्ने ३० वर्षीय भिम राउन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, राउतलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।
शुक्रबार १३ः ३० बजेको समयमा प्राप्त सूचनाको आधारमा पुगेको प्रहरी टोली हेटांडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित चेकजाँच गर्दा निजको साथमा १ थान बाघको जस्तो देखिने दाँत र उक्त परिणामको पेसा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै थप कारबाहीको लागि जिल्ला वन कार्यालय तर्फ पठाउन यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङबाट समन्वय भईरहेको जनाइएको छ ।