नेकपा मकवानपुरको आयोजना चियापान तथा शुभकामना

तु खबर संवाददाता
२०७८ मंसिर ८,बुधबार १७:४०

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आज (बुधबार) हेटौंडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । नेकपा मकवानपुरका जिल्ला कार्यालय सदस्य प्रेम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका इन्चार्ज एवम् केन्द्रीय सदस्य इन्द्रबहादुर परियार नयनको प्रमुख आतिथ्यता भएको थियो ।

सो क्रममा प्रमुख अतिथि नयनले नेपाल कम्युनिष्ट पार्टीले गरेको युद्ध रहर नभई नेपाली जनताका लागि गरेको सर्घष रहेको बताएका छन् । उनले हाल देशभर आफ्नो पार्टीले गरेको विभिन्न प्रदर्शन, विरोध रहर नभई जनताको लागि त्याग गरेको बताएका हुन् । उनको नेपाली जनताको लागि आफ्नो पार्टी र आफु सदैव लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै, कार्यक्रममा विशेष अतिथि तथा पार्टीका जिल्ला सेक्रेटरी राम घलान (वाटर) ले क्रान्तिकारीहरु जस्तोसुकै रापतापको परिस्थितिमा पनि बच्न सक्नुपर्ने बताए । उनले आफ्नो पार्टीले सदैव जनताको काम गरेको बताए । कोही व्यक्ति अन्यायमा पर्दा आफ्नो पार्टी खोजेको बताउँदै जनताको कामको लागि आफ्नो पार्टी सदैव लागि गरेको र आगामी दिनमा पनि लागि परिरहने बताए ।

नेकपाल कम्युनिष्टले आठौँ पार्टी पुनर्गठन दिवस को अवसरमा यसअघि हेटौंडामा मोटरसाईकल र्यालीको आयोजना गरेको थियो । हेटौंडा चौकिटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको र्याली बुद्धचोक हुँदै राप्तीरोड, बसपार्कबाट सिमाचोक, फेरेष्टी, औद्यागिक क्षेत्र, कमानेबाट क्याम्पाडाँडा निस्किएर सिमाचोक आईपुगेर कोणसभामा परिणत भएको थियो । दिवसको कार्यक्रम अन्तरगत मंसिर ७ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले मकवानपुर बहुमुखी क्याम्पसमा वक्तित्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियो ।