हेटौंडामा ३१ जनाले गरे रक्तदान

तु खबर संवाददाता
२०७८ मंसिर ९,बिहीबार ०८:११

मकवानपुर । आन्तरिक राजश्व कार्यालय हेटौंडाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । दशौ राष्ट्रिय कर दिवस २०७८ को अवसरमा आयोजना राजश्व कार्यालय हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ३१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर र कर सहयोगी श्रमिक संगठन मकवानपुरको समन्वयमा भएको उक्त कार्यक्रम रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको हो । स्वेच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृद्धि भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।