समाचार
कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै हुने
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भएको निर्वाचनमा सभापतिमा पदमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा...
कोरोना खोप लगाइदिए बापत घुस लिने दुई स्वास्थ्यकर्मी पक्राउ
काठमाडौं । कोरोना खोप लगाइदिए बापत घुस लिएको आरोपमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेहरमा महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साह र कृष्णा कुमार यादव रहेका छन्। साहले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएर कोरोना खोप लगाइदिएको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा...
बेलायतमा पहिलो पटक ओमिक्रोनबाट एक जनाको मृत्यु
काठमाडौं । बेलायतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरे । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे । उनले भने, दुःखको...
कांग्रेस सभापतिमा पुनः मतदान हुने
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको विधानअनुसार सभापति पदमा ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । मंगलबार बिहान सकिएको मतगणनामा सभापतिको लागि कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत प्राप्त नभएपछि पुनः मतदान हुने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ...
हेटौंडाको विद्यालयमा गएर बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाइने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विद्यालयमै गएर बालबालिकालाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको मोडेर्ना खोप लगाइने भएको छ । उपमहानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा गएर कोरोनाविरुद्ध मोडेर्ना खोप लगाइने भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । उनका अनुसार, १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाइने भएको...
ख्रीष्टमसको अवसरमा शुभकामना आदानप्रदान
मकवानपुर । ख्रीष्टमसको अवसरमा हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । हेटौंडाको पदमपोखरीमा संयुक्त मण्डली पाष्टर एकता संगतीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालकाका मेयर हरिबहादुर महतले सबै धर्म बराबरी रहेको बताए । कुनै पनि धर्म सानो ठुलो भन्दा पनि बराबरी रहेको बताए...
अनेम संघ (समाजवादी) को बागमती प्रदेश अध्यक्षमा सिग्देल
मकवानपुर । अखिल नेपाल महिला संघ (समाजवादी) को बागमती प्रदेश कमिटी अध्यक्षमा मकवानपुरकी मुनु सिग्देल चयन भएकी छन् । संघको सोमबारकाठमाडौंमा बसेको बैठकले सिग्देलको अध्यक्षतामा १५१ सदसीय प्रदेश कमिटी घोषणा गरेको हो । घोषित प्रदेश कमिटीकोे उपाध्यक्षमा शान्ता पौडेल र कमला श्रेष्ठ, सचिवमा सङिता पाख्रिन, उपसचिवमा शान्ता पाख्रिन र...
आज संसद बैठक बस्दै, ५ अध्यादेश पेश हुने
मकवानपुर । आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । सो बैटकमा ५वटा अध्यादेश पेश हुने भएको संसद सचिवालयले जनाएको छ । सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ५ वटा अध्यादेश पेश गर्ने उल्लेख रहेको छ । बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति...
आज गीता जयन्ती मनाइँदै
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२९ वर्षअघि मार्गशीर्ष...
कांग्रेस मतगणना : ३१७७ मत खस्यो, कस्को कति ?
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३१७७ मत गणना भएको छ, जसमा देउवाले १५०० मत कटाएका छन् । उनले १५०७ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११६४...








