ख्रीष्टमसको अवसरमा शुभकामना आदानप्रदान
मकवानपुर । ख्रीष्टमसको अवसरमा हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । हेटौंडाको पदमपोखरीमा संयुक्त मण्डली पाष्टर एकता संगतीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालकाका मेयर हरिबहादुर महतले सबै धर्म बराबरी रहेको बताए ।
कुनै पनि धर्म सानो ठुलो भन्दा पनि बराबरी रहेको बताए । धर्मकै माध्यमले सबैलाई एकताबद्ध रुपमा जोड्न सकिने उनको भनाई छ । कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा–१३ का वडा अध्यक्ष मनोज वाइवा लगायतकाको आतिथ्यता रहेको थियो ।
