समाचार

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले शिक्षक पिटे

काठमाडौँ । काठमाडौँको प्रदशनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् । क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालका अनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि परीक्षार्थीबाट आक्रमण भएको हो । शिक्षक पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको र उनको टाउकोमा सात टाँका लगाउन परेको जनाइएको छ । कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक...

जबरजस्ती करणी भएकी युवतीको पहिचान खुलाउने पत्रकारलाई कैद सजाय

सुर्खेत । जिल्ला अदालत सुर्खेतले गत जेठ २१ गते जबरजस्ती करणी भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकालाई कैद सजाय तोकिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना तोकेको हो । अदालतले...

आज यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुासार, हाल पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । मंगलबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा...

इन्द्रसरोवरका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर गाउँपालिकाले संचालन गर्दै आएको वार्षिक कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाले ‘सबैको ध्यान, जेष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ संचालन गर्दै आएको सो कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ७० वर्ष...

मकवानपुरमा सोमबारसम्म ९ हजार बढी विद्यार्थीले लगाए कोरोनाविरुद्ध खोप

मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको मोडर्ना खोप लगाउने अभियान अन्तरगत सोमबारसम्म ९ हजार भन्दा बढी विद्यार्थील खोप लगाएका छन् । पुस ४ गते बाट सुरु भएको उक्त अभियानको दुई दिनमा १२ वर्षदेखि १७ वर्ष उमेरसमूहका ९ हजार १ सय विद्यार्थीले खोप लगाएको तथ्याङ्क प्राप्त भएको जिल्ला स्वास्थय कार्यलय...

क्रान्तिकारी ट्रेड युनियन मवानपुरद्वारा मजदुर जागरण अभियान सुरु

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महांसघ मकवानपुरले मजदुर जागरण अभियान सुरु गरेको छ । सोमबार हेटौंडाको औद्योगिक क्षेत्रको सभाहलमा एक समारोहबीच कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं मकवानपुरका जिल्ला ईन्चार्ज इन्द्रबहादुर परियार (नयन) ले वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारको...

माओवादीको बागमती प्रदेश उपाध्यक्षमा मकवानपुरका छिन्तु

मकवानपुर । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर पुलामी (छिन्तु) विजयी भएका छन् । सोमबार भएको मतदानमा १३८ मतसहित पुलामी उपाध्यक्ष पदमा विजयी भएका हुन् । पुलामीसँगै उपाध्यक्षमा पदमा रुपा महर्जन र रामप्रसाद ढुंगाना विजयी भएका छन् । उनीहरुले क्रमशः १७८ र १०१ मत प्राप्त गरेका छन्...

कांग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) को मतपरिणाम सार्वजनिक, को–को भए विजयी ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) को मतपरिणाम सार्वजनिक भइसकेको छ ।पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार, केन्द्रीय सदस्यको खुला महिलातर्फ उम्मेदवारी दिएका ३० जनामध्ये ९ जना विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी हुनेहरुमा डिला संग्रौला, पुष्पा भुसाल, डा.आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी...

माओवादीको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत प्राप्त गर्दा गौतमले ८६ मत प्राप्त गरे । त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा...

भीमफेदीमै भेटियो गणेशलाल श्रेष्ठको सालिक

हेटौंडा । भीमफेदी गाउँपालिकामा अनावरणका लागि तयार पारी राखिएको लोककवि गणेशलाल श्रेष्ठको सालिक चोरी भएकोमा सोमबार प्रहरीले फेला पारेको छ । खोज तलासका क्रममा सालिक फालिएको अवस्थामा सोही गाउँपालिकास्थित चिसापानी पुल नजिक फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । आइतबार लोक कवि श्रेष्ठको...