समाचार
हेटौंडामा विद्यार्थीको ‘नोबेल पुरस्कार’ प्रतियोगिता
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा हल्टप्राइज प्रतियोगिता हुने भएको छ । विद्यार्थीको ‘नोबेल पुरस्कार’ भनेर चिनिने उक्त कार्यक्रम मकवानपुरमा दोस्रो पटकल लागेको हो । एउटा विचारले लाखौं मानिसलाई प्रभावित (सकारात्मक) बनाउन सकोस्, जसले मानिसले प्रत्यक्ष भोगेका समस्याका समाधान पनि गरोस् भन्ने विचारको विश्वव्यापी...
मकवानपुरगढीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी–५ को आयोजनामा आगामी पुष १४ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । प्रतियोगितामा सहभागी हुन...
बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बसेको छैन । आजको बैठकको कार्यसूची भने सार्वजनिक गरिसकिएको छैन । मुख्यमन्त्री पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार...
सदनमा एमसीसी प्रस्तुत गर्नु हाम्रो दायित्व हो – गृहमन्त्री खाँण
धनुषा । सरकारका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौता सदनमा प्रस्तुत गर्ने सरकारी भएको र त्यसलाई पुरा गरिने बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा भएकाले त्यसलाई सदनमा प्रस्तुत गर्नु वर्तमान सरकारको दायित्व भएको बताए । ‘एमसीसी पूर्ववर्ती सरकारका पालामै अघि बढेको...
संखुवासभामा कुटपिटबाट २ जनाको मृत्यु
संखुवासभा । संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट पाँचखपन नगरपालिका ३ की २९ वर्षीया विष्णुमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी...
मकवानपुरका युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ स्थितबाट लागूऔषध गाँजा १० किलो १०० ग्रामसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने १९ वर्षीय कृष्णकुमार सुनार...
हेटौंडामा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन
मकवानपुर । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्धमा हेटौंडामा प्रदर्शन भएको छ । आज मंगलबार दिउँसो हेटौंडाको सिमाचोकमा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, नेकपा मसाल मकवानपुर, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मंच नेपाल मकवानपुरको संयुक्त आयोजनामा एमसीसी खारेजीको माग राख्दै प्रदर्शन गरिएको...
दुर्घटनामा परेर हेटौंडाका एक युवकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा स्कुटर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ स्थित सिपालीचोकमा गएराति हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर स्थानीय २५ वर्षीय...
५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
मकवानपुर । बागमती प्रदेशका पत्रकारका लागि संचालन भएको ५ दिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयको आयोजना बिहीबारबाट सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । बागमती प्रदेशका १७ जना पत्रकारको सहभागिता रहेको तालिममा पत्रकारहरु विनोद ढुङ्गेल, विकास कार्की, रविराज बराल, नेत्र...
आज नेप्से परिसूचक ५६ अंकले वृद्धि
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार ओरालो लागेको नेप्सेमा आज एकैदिन ५६ दशमलव ७३ अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २ दशमलव ४१ प्रतिशतले बृद्धि भएर २ हजार ४१५ दशमलव ५५ विन्दु कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको...









