सदनमा एमसीसी प्रस्तुत गर्नु हाम्रो दायित्व हो – गृहमन्त्री खाँण

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार १८:११
file-photo

धनुषा । सरकारका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौता सदनमा प्रस्तुत गर्ने सरकारी भएको र त्यसलाई पुरा गरिने बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा भएकाले त्यसलाई सदनमा प्रस्तुत गर्नु वर्तमान सरकारको दायित्व भएको बताए ।

‘एमसीसी पूर्ववर्ती सरकारका पालामै अघि बढेको हो । नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएकाले सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ उनले भने । गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको स्पष्ट पनि पारे ।