प्रतिनिधिसभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ असार ७,मंगलवार ०८:२०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । सो बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, गृहमन्त्री बालकृष्ण खाणर्ले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयास्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।