समाचार

सहिद दिवसले हौसला प्रदान गरोस् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले सहिद दिवस २०७८ को अवसरमा एक सन्देश जारी गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...

मास्क नलगाउने ३७ जनालाई जरीवाना

मकवानपुर । मकवानपुर प्रहरीले शनिबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने ३७ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने ३७ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय...

ट्राफिक नियम उल्लङ्घन गर्ने ४७ वटा टिपर कारबाहीमा

मकवानपुर । मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ४७ वटा टिपरलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले शनिबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा ४७ वटा टिपरलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...

प्रतिनिधिसभाको बैठक फेरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरी स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक फेरी १० दिनसम्मका लागि स्थगित भएको हो । बैठक यही माघ २६ गते दिउँसो १ बजेका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार...

स्थानीय निर्वाचन आगामी जेठ मसान्तभित्र गर्न सत्तारुढ गठबन्धन तयार

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ मसान्तभित्र गर्न सत्तारुढ गठबन्धन दलहरु तयार रहेको छ । गठबन्धनको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु चौतर्फी दबावपछि जेठ मसान्तभित्रै निर्वाचन गर्न तयार भएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार,...

बागमती प्रदेश प्रमुख शर्माद्वारा सहिद दिवसको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले  सहिद दिवस २०७८ को सन्दर्भमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षालगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्दाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक शुभकामना सन्देश जारी गर्दै निरङकुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन...

सत्तारुढ गठबन्धनको दोस्रो बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनको दोस्रो बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक साँझ पुनः बसेको हो । गठबन्धनको बैठक यसअघि शनिबार बिहान पनि बसेको थियो । सो बैठकमा स्थानीय निर्वाचनको मितिबारे छलफल भएपछि निश्कर्षमा भने पुग्न सकेको थिएन । साँझ सुरु भएको दोस्रो...

मकवानपुरका १८१ जना कोरोना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा आज एकैदिन १८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका १८१ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १३६ जना संक्रमणमुक्त भएका हुन्...

थपिए ४९०४ संक्रमित, भए ५९२४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन...

प्रतिनिधिसभाको बैठक भोलि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही माघ १६ अर्थात भोलि आइतबार बस्दैछ । गत पुस ७ गते यता बस्न नसकेको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । यसअघि विभिन्न कारणका कारण पटक–पटक स्थगित भएको प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा के–के विषयमा...