समाचार
जिल्ला अस्पताल डोटीका कर्मचारी मृत अवस्थामा फेला
डोटी । जिल्ला अस्पताल डोटीका कर्मचारी मृत अवस्थामा फेला परेका छन् । अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नम्वर ७ उडीतोला घर भएका ४५ बर्षीय भक्त कोली मृत अवस्थामा फेला परेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार...
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हट्यो
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शुक्रबार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी नयाँ आदेश जारी गरेका छन् । तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको छ । अन्य...
सरकारले कोरोनाविरुद्धको दुई फरक खोप ‘मिक्स’ गरेर दिने
काठमाडौं । सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो । बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, स्थानीय निर्वाचनबारे छलफल
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत...
सिविनद्वारा पशुपतिनाथका विद्यार्थीलाई शैक्षिक सामग्री
0मकवानपुर । सिबिन नोपल, बाल हेल्पलाइन मकवानपुरले मनहरी गाउँपालिकाको पशुपतिनाथ माविका ५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका र बालश्रमको जोखिममा पर्न सक्ने सम्भावना रहेका बालबालिकालाई अध्ययनका लागि शैक्षिक सामग्री शुक्रबार एक कार्यक्रमबीच उपलब्ध गराइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले...
ट्राफिक नियम उल्लङ्घन गर्ने ८१ वटा टिपर कारबाहीमा
मकवानपुर । मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ८१ वटा टिपरलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले शुक्रबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा ७१ वटा टिपरलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...
मास्क नलगाउने १९ जनालाई जरीवाना
मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने १९ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने १९ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय...
राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने
दाङ । राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको सडकलाई फराकिलो गर्न आइतबारदेखि माघ २५ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर रिकेश महर्जनले सवारी साधान आवागमन बन्द गरेर...
आज सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज सत्ता गठबन्धन बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बस्ने भएको हो । निर्वाचन आयोगले बैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक–पटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन । पछिल्लो...
सार्वजनिक सवारीमा जोर बिजोर हटाउन सिफारिस
काठमाडौँ । कोभिड संकट व्यवस्थापन केन्द्र सिसिएमसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको...








