आज सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज सत्ता गठबन्धन बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बस्ने भएको हो । निर्वाचन आयोगले बैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक–पटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।
पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक आज बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।
