सहिद दिवसले हौसला प्रदान गरोस् : राष्ट्रपति

तु खबर संवाददाता
२०७८ माघ १६, आईतवार ०९:१५
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले सहिद दिवस २०७८ को अवसरमा एक सन्देश जारी गर्दै सो कुरा बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएकी छन् । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ मन, वचन र कर्मले समर्पित भएमात्रै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताइन् ।