वडास्तरीय वक्तृत्वकलाको उपाधि अजेस अधिकारीले हात पार्यो
मकवानपुर । बालश्रम बाल शोषण र हिंसा अन्त्य गर्नुमा बालबालिकाको भूमिका विषयक वक्तृत्वकलाको उपाधि असेज अधिकारीले हात पारेको छ ।
वडास्तरीय बाल समूह सञ्जालको आयोजना तथा ११ नम्बर वडा कार्यालय र सहिद स्मारक विकास समितिको समन्वयमा आइतबार आयोजित उक्त वक्तृत्वकलाको उपाधि अधिकारीले हात पारेका हुन् ।
यस्तै, कार्यक्रममा आचल सुवेदी दोस्रो, सायना सपकोटा तेस्रो र सृष्टि उप्रेती सान्त्वना भएका छन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र तेस्रो र सान्त्वनालाई नगद २/२ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
वक्तृत्वकलामा वडाका २५ जना बालबालिकाको सहभागिता रहेको थियो ।
वक्त्तृवकलाको निर्णयाकमा आरती पाठक, अर्पण पराजुली र माया लामा रहेका थिए ।
कार्यक्रमका सहभागीहरुलाई आइतबारनै सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।
