समाचार
सामुदायिक वन उपभोक्ता महासंघद्वारा वन मन्त्रालय अगाडि धर्ना
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले बागमती प्रदेशको वन ऐन २०७६ संशोधन गर्न माग गर्दै हेटौंडास्थित वन तथा वातावरण मन्त्रालय अडाडि आइतबार धर्ना दिएको छ । महासंघले उक्त ऐन संशोधन, वन संरक्षण क्षेत्र घोषणा खारेज र संघीय वन नियमावलीमा सुधारका लागि सुझावसमेत दिएको हो । वन ऐनको ९४...
विप्लवको मकवानपुरस्थित पार्टी कार्यालयमा हात हालाहाल: दुई पुरुष घाइते, दुई महिला पक्राउ
मकवानपुर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्तीबगरस्थित कार्यालयमा आइतबार लेनदेनको विषयलाई लिएर विवाद भएको छ । रकम लेनदेनको विषयलाई लिएर दुई महिलाबीच विवाद भइरहेको अवस्थामा दुई पुरुषबीच हात हालाहाल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हात हालाहाल...
राष्ट्रियसभा बैठक पुनः अनिश्चितकालका लागि स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । जारी विज्ञप्तिमा विशेष कारणवश तोकिएको समयमा बैठक...
आज नेप्से परिसूचक १०५ अंकले वृद्धि
काठमाडौं । आज साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३ दशमलव ८० प्रतिशतले वृद्धि भएर २ हजार ८८५ दशमलव ५३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब...
मकवानपुरका १९६ जना कोरोना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आज एकैदिन १९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका १९६ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १४१ जना संक्रमणमुक्त भएका हुन्...
सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । सहिद दिवस २०७८ को अवसरमा आज बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजना तथा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । अनेरास्ववियू हेटौंडाका अध्यक्ष नवराज पौडेलको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज...
सहिद दिवसको अवसरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस २०७८ मनाइएको छ । सहिद दिवसको उपलक्ष्यमा प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा आज बिहान पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । बिहान प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरु,...
न्युरेनी सामुदायिक वन उपभोक्ता समुहको ३१ औं वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा संस्थाका अध्यक्ष ज्ञानबहादुर क्षेत्रीको अध्यक्षता तथा ७ नम्वर वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष क्षेत्रीले समुहको वार्षिक प्रतिवेदन...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । पहाडी भू–भागमा आंशिक बदली रही देशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ । आइतबार प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा...
सहिदको बलिदान र त्यागले नै जनताको शासन स्थापित : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदान र त्यागले नै जनताको शासन स्थापित हुन सकेको बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सहिदका बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका हुन् । प्रधानमन्त्री देउवाले जारी...










