मकवानपुरका १९६ जना कोरोना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आज एकैदिन १९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका १९६ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १४१ जना संक्रमणमुक्त भएका हुन् । यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका १६, मकवानपुरगढी गाउँपालिकाका १० जना, बागमती गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका १५ जना,इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका ५ जना, बकैया गाउँपालिकाका ५ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १६ हजार ८५७ जना पुगेको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ११४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
