समाचार

हेटौंडाको एक हेल्थ केयर सेन्टरमा आगोलागी, १० लाखको क्षति

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित एक हेल्थ केयर सेन्टरमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ । आज (आइतबार) बिहान ८ बजेको समयमा सुभाष लामाको घरमा पंकज दास बानियाँले संचालन गरेको हेल्थ केयर सेन्टरमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

केपी ओलीले ‘म्याउ’ गर्दैमा माओवादी समाप्त हुँदैन – देवकोटा

मकवानपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालका संयोजक सुमन देवकोटाले जनताको त्याग तपस्या र बलिदानीबाट निर्माण भएको माओवादी केन्द्र प्रतिगामीहरुको हजारौँ प्रयासबाट पनि समाप्त नहुने बताएका छन् । आज हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिगामीहरुले जति नै डाहा गरेपनि माओवादी समाप्त...

मकवानपुरका तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा फरार दुई जना र लागुऔषध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।पक्राउ पर्नेहरुमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने किरण बल,...

माओवादीको नेतृत्व देश र जनताप्रति समर्पित छ: दीपशिखा

मकवानपुर । वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले माओवादी केन्द्रको नेतृत्व देश र जनताको लागि समर्पित रहेको बताएका छन् । हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै दीपशिखाले माओवादी सदैव जनताको हक अधिकारको पक्षमा लडिरहेको बताए । उनले मुलुकमा हरेक परिवर्तनहरुमा माओवादी केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको...

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि पेसी तोकेपनि प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ भएको बताएका छन् । गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न...

प्रधानन्यायाधीशसँग वार्ता गर्ने जिम्मा न्यायाधीशहरु सिन्हा मल्ल र शर्मालाई

काठमाडौँ । बेन्च बहिस्कार गर्दै आएका न्यायाधीशहरुले समस्याको समाधानको लागि प्रधानन्यायाधीशसँग पुनः बार्ता गर्ने निर्णय गरेका छन् । आइतबार सर्वोच्च अदालतका न्याधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग छलफल गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने...

शङ्खधर साख्वाः नेपाल संवत् एप सार्वजनिक हुने

भक्तपुर । नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः को राष्ट्रिय प्रतिमामा माल्यार्पण गर्नुहुने भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको सम्पूर्ण तयारी...

१८७ जनाले पाए नागरिकता

चितवन । माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन् । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता पाउने ७० जना पुरुष र ११७...

सम्पत्तिकर ई–सेवामार्फत

काठमाडौँ । काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवाएकाउन्ट नभएकाले भने ई–सेवाभएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवाफोन प्रालिले बताएको छ । यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान,...

खोटाङमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झर्यो

खोटाङ । दस स्थानीय तह रहेको जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएका सबै सङ्क्रमित उपचारपछि आ–आफ्नो घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष...