समाचार

राप्रपाले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर आज धारणा सार्वजनिक गर्न लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए । उनका अनुसार, आजको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक...

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । एमसीसीबारे कसरी कसरी अगाडि बढ्ने र गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...

बागमती प्रदेश : सांसद विकास कोष कार्यान्वयन गर्न सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारले सांसद विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको छ । प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सांसद विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको नाममा सांसदको तजबिजमा खर्च गर्ने बजेट विनियोजन गरेको थियो ।...

मउवा संघद्वारा वस्तुगत संघको नयाँ कार्यसमितिलाई स्वागत

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न तीन वटा वस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । संघले बुधबार एक कार्यक्रमको आयोगना गरी नवनिर्वाचित कार्यसमितिको स्वागत गरेको हो । संघले निर्माण सामग्री व्यवसायी संघ, मकवानपुर भाँडा व्यवसायी संघ र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको कार्यसमितिलाई स्वागत गरेको...

ग्याल्पो ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सघाउ पुग्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होछारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन् । राष्ट्रपति भण्डारी बिहिबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछारको अवसरमा सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताइन् । भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त नेपाल सामाजिक र सांस्कृतिक विविधतालेसमेत...

आज मौसम सामान्यता सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । बिहीबार सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ...

आज ग्याल्पो ल्होछार, देशभर सार्वजनिक विदा

काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।...

हेटौंडा–८ स्थित भुसको गोदाममा आगलागी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित रहेको एक भुस गोदाममा आगलागी भएको छ । गएराति ११ः ३५ बजेको समयमा स्थानीय टिकाप्रसाद कँडेलको भुसको गोदाममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल, खैरेनी नगरपालिकाको दमकल,...

कांग्रेस मकवानपुरः आनन्दरामको घमण्डले संस्थापन पक्षलाई क्षति

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको घमण्डले संस्थापन पक्षलाई क्षति पुगेको छ । जिल्ला अधिवेशनमा सभापतिका आकांक्षी पराजुलीले आफुबाहेक अरुको नाममा सहमति हुन नदिंदा संस्थापन पक्षलाई मकवानपुरमा क्षति पुगेको हो । जिल्ला अधिवेशनको बुधबार विहान प्राप्त मत परिणाम अनुसार पदाधिकारीमा...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : यस्तो छ निर्णय

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज (बुधबार) अपराह्न बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले  प्रदेशका विभिन्न सामुदायीक तथा गैर नाफामुलक अस्पतालहरुलाई अनुदान दिने निर्णय गरेको छ ।  उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक मापदण्ड तयार पारिने र असपतालको अवस्था अनुसार अनुदानको व्यवस्था गर्ने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा...