मउवा संघद्वारा वस्तुगत संघको नयाँ कार्यसमितिलाई स्वागत
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न तीन वटा वस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । संघले बुधबार एक कार्यक्रमको आयोगना गरी नवनिर्वाचित कार्यसमितिको स्वागत गरेको हो ।
संघले निर्माण सामग्री व्यवसायी संघ, मकवानपुर भाँडा व्यवसायी संघ र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको कार्यसमितिलाई स्वागत गरेको हो । स्वागत तथा छलफल कार्यक्रममा मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाई, मकवानपुर भाँडा व्यवसायी संघका अध्यक्ष हेमराज बानियाँ र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाईले आफ्नो धारण व्यक्त गरेका थिए ।
