समाचार
मकवानपुरमा बिहीबार ४ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा बिहीबार ४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ४ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यस्तै, जिल्लामा बिहीबार ७ जनाको पीसीआर विधिबाट र ६ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा...
निर्वाचन आयोग : मतदाता नामावलीको त्रुटि सच्याउन फागुन २६ गतेसम्मको समय
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन यही फागुन २६ गतेसम्मका लागि समय तोकिएको छ । आयोगले भोलि अर्थात फागुन २० गते मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ । नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम...
थप १०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र...
हेटौंडामा बृहत साहित्य महोत्सव हुँदै
मकवानपुर । मकवानपुरे महिला साहित्यकारको एक मात्र संस्था आँचल साहित्य कला पुञ्जले हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गर्ने भएको छ । आँचलले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा यही फागुन २० र २१ गते हेटौंडामा साहित्य महोत्सवको आयोजना गर्ने भएको हो । आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यक...
हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
मकवानपुर । सुष्मा कोइराला मेमोरियल अस्पतालको आयोजना र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोगमा फागुन २१ गते शनिवार हेटौंडामा विभिन्न प्रकारका शारिरिक समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिने भएको छ । हेटौंडा अस्पताल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी उक्त शिविर संचालन गर्न...
निर्वाचन आयोग : अन्तिम मतदाता नामावली चैत्र १० मा प्रकाशन गर्ने
काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली आगामी चैत्र १० गते प्रकाशन गर्ने भएको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएसँगै मतदाना नामावली प्रकाशन गर्ने तयारी गरेको हो । विभिन्न ठाउँबाट संकलन भएका नामावलीहरु जिल्ला–जिल्लामा पठाइसकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नामावलीमा...
मोबाइल पसल फुटाई १६ लाखको सामान चोरी गर्ने २ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–४ बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका–५ ठेगाना भएका २४ वर्षीय शुरेस गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–५ ठेगाना भएका २२ वर्षीय गणेश क्षेत्री रहेका...
अपडेट : अझै नियन्त्रणमा आएन हेटौंडाको भुस गोदाममा लागेको आगो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित रहेको एक भुस गोदाममा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराति ११ः ३५ बजेको समयमा स्थानीय टिकाप्रसाद कँडेलको भुसको गोदाममा अचानक लागेको आगो हालसम्म पनि नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त आगो हेटौंडा उपमहानगरपालिकाको...
संसद भवन अगाडि शंकास्पद वस्तु राख्ने महत पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा सोमबार शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको घटनामा संलग्न रहेको आरोपमा प्रहरी एक जनलााई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चावाहिल बस्ने काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिका–२ सिमथली घर भएका २१ वर्षीय सुवास महत रहेका छन् । जनमानसमा भय त्रास...
वडा सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
बारा । बाराको कोल्हवी नगरपालिकाका एक वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोल्हवी–११ वडा कार्यालयमा कार्यरत वडा सचिव विनोदप्रसाद साहविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो । साहविरुद्ध बुधबार भ्रष्टाचारको मुद्दा दायर भएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । जग्गा नामसारी सिफारिसका...








