समाचार
साधारण कामका लागि उपमहानगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य गर्छौं : बानियाँ
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको उपमेयरका उम्मेदवार राजेश बानियाँले आफूहरुले जितेको खण्डमा साधारण कामका लागि उपमहानगर धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेका छन् । उनले हेटौंडा–११ मा भएका कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘संविधानले स्थानीय तहलाई बलियो बनाएको छ । अधिकार उपमहानगरपालिकाको कार्यालयमा...
हेटौंडा–११ मा सत्ता गठबन्धनको र्याली
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा सत्तारुढ गठबन्धनको आयोजनामा निर्वाचन लक्षित र्याली कार्यक्रम सम्पन्न भएको छ । सोमबार हेटौंडा–११ सिमलटार टोल विकास संस्थाबाट सुरु भएको उक्त र्याली ११ नम्वर वडाको सबै स्थान परिक्रममा गरी सिमलटारमा नै पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रम नेपाली कांग्रेस हेटौंडा–११ का...
९ महिनामा ११ करोड ६३ लाखको चिउरा निर्यात
काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत्रसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो । नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात...
वडा सदस्यका उम्मेदवारको मृत्यु
सिरहा । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपालिका वडा नम्वर ५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो । उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको मृत्युपछि उनकै श्रीमती रहमान...
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बाँके । बाँकेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ८ गल्लि कुटानमा सोमबार भे १० प २७८४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका...
१२ अंकले बढ्यो शेयर बजार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर शेयर बजारमा हरियाली छाएको शेयर बजार आज सामान्य अंकले मात्रै बढेको हो । आज नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेर २ हजार २६८ दशालव ८४ विन्दुमा पुगेको छ ।...
राष्ट्रिय परीक्षा बोर्डले तोक्यो कक्षा १२ को परीक्षा केन्द्र
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले आगामी जेठ १६ गतेदेखि हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोकेको छ । बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो । बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै...
वडा अध्यक्षका उम्मेदवार चुनावी एजेण्डासहित घरदैलोमा
मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १७ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले घरदैलो र मतदाता शिक्षा अभियानलाई तीव्र पारेका छन् । मतदातासमक्ष पुगेर उनीहरुको मनोभावना बुझेर, आवश्यक सुझाव संकलन गर्ने कार्यमा भण्डारी व्यस्त देखिएका छन् । भण्डारीले ठूला दलबाट प्रतिनिधित्व गर्दै नेतृत्वमा पुगेकाहरुबाट जनहितका...
गठबन्धनले जिते मकवानपुरगढीका सुकुम्वासीलाई लालपूर्जा, जोखिमयुक्त बस्तीको संरक्षण– बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरगढीका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई उनीहरुकै नाममा जग्गाको लागपूर्जा उपलब्ध गराइने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनद्वारा मकवानपुरगढी–५ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले मकवानपुरगढीमा गठबन्धनले नेतृत्व लिएसँगै सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन हुने बताए । उनले...
हेटौंडा–११ मा त्रिपक्षीय भिडन्त
मकवानपुर । हेटौंडा उपमहागरपालिका वडा नम्वर ११ को अध्यक्षको दाबेदारी ३ जनाले गरेका छन् । नेकपा एमालेबाट जुना दाहालले उम्मेद्वारी दिएकी छन् । सिन्धुपाल्चोक जिल्ला ठोकरपा गाविसमा बासुदेव दाहाल र विद्यादेवी दाहालकी छोरीकी रुपमा २०३७ बैशाखमा जन्मिएकी उनले एमए गरेकी छन् । उनी २०४७ सालदेखि राजनीतिमा सक्रिय हुँदै २०५०...










