१२ अंकले बढ्यो शेयर बजार

तु खबर संवाददाता
२०७९ बैशाख २६,सोमबार १५:५७
file-photo

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर शेयर बजारमा हरियाली छाएको शेयर बजार आज सामान्य अंकले मात्रै बढेको हो । आज नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेर २ हजार २६८ दशालव ८४ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक १३ उपसूचक मध्ये लघुवित्त समुहको ६० दशमलव ७५ रुपैयाँले बढेर बृद्धि भएको छ भने सर्वाधिक जीवन बीमा समुहको ८२ दशमलव १२ रुपैयाँ घट्न पुगेको छ ।

आज १३ उपसूचकमध्ये होटल तथा पर्यटन समुह, विकास बैंक समुह, जीवन बीमा समुह र लगानी समुह बाहेकका सबै सूचक बढोत्तरी भएको छ । आइतबार सर्वाधिक बृद्धि भएको विकास बैंक समुह आज २० दशमलव ९१ रुपैयाँले घट्न पुगेको छ ।