समाचार

बजेट भाषणः उखु किसानलाई अनुदान दिन ८१ करोड विनियोजन, नेपालमै मल कारखाना खोलिने

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड रुपैयाँ छुट्याएको जानकारी दिए । त्यस्तै, अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा प्रदेश...

बजेट भाषणः प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिरहेका छन् । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको जानकारी दिएका छन् । आगामी आवको बजेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको पुर्नसंरचना गरिने उल्लेख गरिएको छ । जोनहरुलाई प्रदेशमा हस्तान्तरण...

बजेट भाषणः वार्षिक ३० प्रतिशत रोजगारी बढाइने

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री शर्माले सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने उल्लेख गरेका छन् । त्यस्तै ३ वर्षभित्र भूमिहीन दलितलाई आवास उपलब्ध गराउने पनि बजेटमा उल्लेख गरिएको छ । यसका साथै ८ लाख नेपालीलाई निरपेक्ष...

बजेट भाषणः आगामी आर्थिक वर्ष आयात २० प्रतिशत घटाइने

काठमाडौँ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवमा आयात २० प्रतिशतले घटाइने लक्ष्य लिइएको बताएका छन् । नेपालको व्यापारघाटा घटाउने रणनीति लागू गरिने उनले बताएका छन् । त्यस्तै आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले...

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री जनर्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । केही बेर अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरिसकेको छ । अहिले अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गरिरहेका छन् । अर्थमन्त्री शर्माले आगामी आवको...

प्रदेश र संघको निर्वाचनमा जुट्न राप्रपा नेता तथा कार्यकर्तालाई लिङ्देनको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष लिङ्देनले स्थानीय तहको निर्वाचन सम्पन्न भयो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई नरहेको बताउँदै...

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत, अर्थमन्त्री शर्माले संसद बैठकमा पेश गर्दै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जनाइएको छ । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।

हेटौंडा उपमहानगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्वाचित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठै जना उम्मेदवार निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतदानको प्रकाशित मतपरिणाम अनुसार एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् । हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्यमा इश्वरी विश्वकर्मा, पातलीमाया गोङवा, मञ्जु भुर्तेल, रुकमणी गोङवा र साधना श्रेष्ठ निर्वाचित भएका छन् ।...

नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...

यौन हिंसाविरुद्धको उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

काठमाडौं । यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता गरिएको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानूनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको हो । उक्त विधेयक कानून न्याय तथा संसदीय मामिला...