यौन हिंसाविरुद्धको उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १५:४४
file-photo

काठमाडौं । यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता गरिएको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानूनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको हो ।

उक्त विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले सचिवालयमा दर्ता गरेका हुन् । यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने पनि आवाज उठिरहेको छ । तर, सरकारले विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने गरी विधेयक सचिवालयमा दर्ता गरेको हो ।