समाचार

बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस...

सन्चो हस्पिटलको अध्यक्षमा पुडासैनी

मकवानपुर । हेटौंडास्थित सन्चो हस्पिटल प्रा.लिको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी विजय पुडासैनी चयन भएका छन् । हस्पिटल सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । निवर्तमान अध्यक्ष राजेश बानियाँ हेटौडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्ष पदमा चयन गरेको हो ।...

राप्ती हाइड्रोको आइपीओ खुल्ला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता आइपीओको बिक्री...

जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु, २ जना पक्राउ

बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्वर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवादकै क्रममा नै चर्कदै गएपछि दुवै...

मकवानपुरका युवक फर्पिङको जंगलमा मृत फेला

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भएका मनिष ठकुरी फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका छन् । ठकुरी सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, ठकुरीसँगै दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल पनि मृत अवस्था भेटिएकी...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे बस्ने भएको हो । सो बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी...

आज यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज बस्ने प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तु गर्ने भएका हुन् । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले विनियोजन विधेयक...

चट्याङ लागेर मकवानपुरकी मोक्तानको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासंगै आएको चट्याङ लागेर स्थानीय जमुना माया मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका...

हट्यो आइतबारको विदा

काठमाडौं । सरकारले आइतबारको विदा हटाएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी विदा हटाउने निर्णय हो । सरकारको यो निर्णयपछि साविकको जस्तै शनिबार मात्रै सार्वजनिक विदा हुने भएको छ । सरकारको गत बैशाख २६ गते बसेको मन्त्रीपरिषद्ले पेट्रोलिय पदार्थको खपत कम गर्न...