समाचार

अदालतमा गोली चलाएको आरोपमा एक जना पक्राउ

नवलपरासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा सोमबार गोली चलाएको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव रहेका छन् । यादवलाई सुनवल नगरपालिका–९, बनकट्टीस्थित एक जना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमले जनाएको छ ।...

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४७६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १...

बैंकिङ कसुर मुद्दामा फरार सुब्बा र श्रेष्ठ पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार दुईजना महिलालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान घर भएकी ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक घर भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी छन् । बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले कविता सुब्बालाई १५ दिन कैद र ५०...

बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

काठमाडौँ । काठमाडौँको फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ । स्थानीयले विरोध गरेपछि प्रहरीको सुरक्षामा फोहोर फाल्न सुरु गरिएको हो । फोहोर फाल्नुअघि टिपरहरुमा गन्ध नआउने केमिकल पनि छर्किएको छ । यसअघि फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोमबार सहरी विकास...

‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्छौँ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी प्रदेश र संघको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्ने बताएका छन् । प्रदेशव्यापी रुपमा पार्टीले सञ्चालन गरिरहेको जनता माझमा राप्रपा नेपाल अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाम पुगेका अध्यक्ष थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत् आफनो पार्टी गाई चुनाव चिह्नका लागि सर्वोच्चसम्म जानेसमेत...

हत्याको आरोपमा एक जना पक्राउ

बाँके । बाँकेमा वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार राति नेपालगञ्ज–१८, कारकाँदोकी ७० वर्षीया लिलावति गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय शिव भन्ने कुमार बुढईलाई पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, सामान किन्ने विषयमा भएको विवादका कारण वृद्धालाई कुटपिट गरिएको...

४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने

काठमाडौँ । काठमाडौंमा घर बनाउने प्रयोजनको लागि ४ आना भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावली २०७९ मा आवासको लागि एक सय ३० वर्गमिटर (४ आना) भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने उल्लेख गरिएको छ...

मंगलबार शेयर बजारमा उच्च गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले गिरावट आएको छ । सोमबार १२.८९ अंकले घटेर २० हजार ६५.८२ अंकमा पुगेर रोकिएको नेप्से परिसूचक मंगलबार ४५.५९ अंकले घट्न पुगेको हो । आज पनि नेप्से परिसूचक ४५ अंकले घटेर २०२० को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३४...

माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

सप्तरी । सप्तरीमा मंगलबार बिहान माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । लहानबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश ०३–००१ ज ०२७७ नम्वरको माइक्रो बस जिल्लाको राजविराज–रुपनी सडकखण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

मुगुमा आगलागीबाट २ घर जलेर नष्ट

मुगु । मुगु जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएको छ । मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार, आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको...