समाचार

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीत तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ ।

प्रदेश युवा परिषद् बागमतीको स्थापना दिवस सम्पन्न

मकवानपुर । प्रदेश युवा परिषद् बागमती प्रदेशले स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमसँगै रक्तदान र फलफूल वितरण गरेको छ । प्रदेश युवा परिषद्ले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा बुधबार बिहान कार्यलयमा आयोजित अन्तरक्रियासँगै रक्तदान र हेटौंडा अस्पतालमा फलफूल वितरण गरेको हो । कार्यक्रम प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षता...

आँखामा हुने रोग र उपचारबारे मकवानपुरका संचारकर्मीहरुसँग अन्तरक्रिया

मकवानपुर । सामुदायिक आँखा अस्पताल हेटौंडाले आँखामा हुने रोग र त्यसको उपचारबारे संचारकर्मीहरुसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम बुधबार अस्पतालको सभाहलमा भएको हो । कार्यक्रममा अस्पतालका प्रमुख सुनिल थकालीले आँखामा हुने समस्याहरु न्युन दृष्टि, दृष्टि दोष, अल्छी आँखा, आँखामा हुने चोटपटक, आँखाको आपतकालिन अवस्था,...

बुधबार ६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज सुधार आएको छ । मंगलबार ४५.५९ अंकले घटेर २०२० को विन्दुमा पुगेको नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा...

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

काठमाडौं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार एक सूचना जारी गर्दै विद्यार्थीसँग आवेदन माग गरेको हो । केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाड्नका लागि आवेदन माग गरेको हो...

१६ महिने छोरी हत्याको आरोपमा किशोरी आमा पक्राउ

काठमाडौं । दाङमा १६ महिनाकी छोरी हत्या गरेको आरोपमा प्रहरले एक किशोरी आमा पक्राउ गरेको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नमवर ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार बिहान ४ बजेतिर किशोरीले...

सुत्केरी विदा ९८ दिन दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलवसहितको प्रसूति (सुस्केरी) विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गरी सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाले नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नपाएको गुनासो आएको भन्दै...

तीन महिना सडक खन्न नपाइने

काठमाडौं । आगामी तीन महिना सडक विभाग मातहतमा रहेका सडक खन्न नपाइने भएको छ । विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि भदौ मसान्तसम्म विभिन्न प्रयोजनका लागि सडक खन्ने वा भत्काउने काम रोक्न भनेको हो । मुख्य गरी धारा,...

दुर्घटनामा परेर एक जनाको मृत्यु

चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्वरको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्वरको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना...

आज प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने

काठमाडौं । प्रदेश १ ले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । त्यसको लागि दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाइएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । यस्तै, आज नै लुम्बिनी...