समाचार

बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा हेटौंडाका घलान पक्राउ

चितवन । चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ वर्षीया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ चौधघरे बस्ने ४५ वर्षीय पूर्ण घलानलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी...

पब्जी खेल्न नदिएको रिसमा गोली हानेर आमाको हत्या

काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको रिसमा आफ्नै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार, गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरेका हुन् । भारतीय समाचार अनुसार,...

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

काठमाडौं । लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ । पदपूर्ति समितिको जेठ २४ गतेको निर्णयअनुसार २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो । लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्द गर्न निर्देशन दिएको थियो...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको...

सिनामंगलमा एक जनाको शव फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा आज बिहानै एक जनाको शव फेला परेको छ । उक्त शव ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान फेला परेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार, बिहीबार एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर कायम छ । रुस र युक्रेन युद्धको असरको कारण भारतीय...

पर्साबाट दुई करोडको अवैध सामान बरामद

काठमाडौं । पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको हो । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा ५ ख ८६५८ र लु...

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली...

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ मा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलबस्तुको शिवराज नगरपालिका ९ बस्ने २४ वर्षीय छतिराम थारु र उनको नातामा भिनाजु पर्ने २३ वर्षीय राम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, भरतपुर महानगरपालिका–१९...

मकवानपुर गोल्डकपः वर्षाका कारण स्थगित बुधबारको खेल आज बिहान हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् बुधबार स्थगित भएको खेल आज बिहान हुने भएको छ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा भइरहेका अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् बुधबारको खेल वर्षाका कारण स्थगित थियो । बुधबार स्थगित भएको विजयी युथ क्लब र...