सिनामंगलमा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ जेष्ठ २६,बिहीबार ०८:४३
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा आज बिहानै एक जनाको शव फेला परेको छ । उक्त शव ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामीको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान फेला परेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।