समाचार
कांग्रेस मकवानपुरद्वारा मृगौला रोगी प्रजाको उपचार गर्ने प्रतिवद्धता
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले काँकडा निवासी मृगौला रोगी रामकृष्ण प्रजा चेपाङको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र सचिव भीमसेन महतले प्रजाकै निवासमा पुगेर उपचारको लागि लाग्ने सबै खर्च आफुहरुले जुटाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । ४६ बर्षका चेपाङको...
सिमल्टार टोल विकास संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । सिमल्टार टोल विकास संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित उक्त संस्थाको वार्षिक साधारण बुधबार सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष मधुकुमार थापा मगरको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । हेटौंडा उपमहानगरपालिकाका...
निमावि तहका शिक्षकको विषयगत परीक्षाका लागि केन्द्र निर्धारण, कसको कहाँ ?
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको विषयगत परीक्षाका लागि केन्द्र निर्धारण गरेको छ । अयोगले आगामी असार ११ गते बिहान ८ बजेदेखि सञ्चालन हुने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) का लागि केन्द्र निर्धारण गरेको हो । आयोगले कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत...
मकवानपुर गोल्डकपः वर्षाका कारण स्थगित बुधबारको खेल बिहीबार बिहान हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् बुधबारको खेल स्थगित भएको छ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा भइरहेका अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् बुधबारको खेल वर्षाका कारण स्थगित भएको आयोजकले जनाएको छ । आज स्थगित भएको विजयी युथ क्लब र नव...
राक्सिराङमा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक, यस्ता छन् निर्णय
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्नेदेखि राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन पहल गर्नेसम्मको विभिन्न ८ वटा निर्णय गरेको छ...
जिसस मकवानपुरको निर्वाचन गराउन आयोगलाई सिफारिस गर्ने निर्णय
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको बैठकले निर्वाचन आयोगलाई निर्वाचन गराइदिन सिफारिस गर्ने निर्णय गरेको छ । जेष्ठ सदस्य देवकृष्ण पुडासैनीको अध्यक्षतामा बुधबार बसेको बैठकले ९ सदस्यीय समिति गठन हुने गरी निर्वाचन प्रक्रिया सम्पन्न गराइदिन निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले जिससका पूर्व पदाधिकारीहरुहरुलाई...
हेटौंडा उपमहानगरपालिकाद्वारा शारिरीक अशक्तलाई ह्विलचेयर हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले शारिरीक रुपमा अशक्त भई दैनिक जिवनमा समस्या व्यहोरेका हेटौंडा–१७ का एक युवालाई ह्विलचेयर वितरण गरेको छ । उपमहानगरको महिला तथा बालबालिका महाशाखाको समन्वयमा हेटौंडा उपमहानगपालिका वडा नम्वर १७ बस्ने १६ वर्षीय भोजराज घिमिरेलाई ह्विलचेयर वितरण गरेको हो । उक्त ह्विलचेयर नगरप्रमुख मिनाकुमारी लामाले बुधबार घिमिरेका...
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ ।
राष्ट्रियसभामा चार प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा.नारायण खड्काले विभिन्न चार प्रतिवेदन पेस गरेका हुन् । परराष्ट्रमन्त्री खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/०७८ पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को...
देशभर थपिए १६ जना कोरोना संक्रमित, भए ८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८...










