सिमल्टार टोल विकास संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । सिमल्टार टोल विकास संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित उक्त संस्थाको वार्षिक साधारण बुधबार सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष मधुकुमार थापा मगरको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको विशेष आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर ११ की वडाध्यक्ष जुना दाहाल, समाजसेवी कमलचन्द्र सुमन, नेकपा माओवादी केन्द्र हेटौंडा–११ का अध्यक्ष देवकृष्ण थोकर, टोल विकास नगर समन्वय समिति हेटौंडा–११ का अध्यक्ष देवकुमार श्रेष्ठ, नेपाली कांग्रेस ११ नम्वर वडा सचिव यज्ञप्रसाद आचार्य, वडा सदस्य सुन्दरलाल श्रेष्ठ, युवा व्यवसायी दिपक सिवाकोटीलगायतको सहभागिता थियो ।
