चट्याङ लागेर मकवानपुरकी मोक्तानको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासंगै आएको चट्याङ लागेर स्थानीय जमुना माया मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, ३७ वर्षीया मोक्तानको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
