मकवानपुरका युवक फर्पिङको जंगलमा मृत फेला

तु खबर संवाददाता
२०७९ जेष्ठ २४,मंगलवार ०९:४२
सांकेतिक तस्वीर

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भएका मनिष ठकुरी फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका छन् । ठकुरी सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, ठकुरीसँगै दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल पनि मृत अवस्था भेटिएकी छिन् । घटनास्थलमा २ वटा विषादीको बट्टा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकराी दिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।