समाचार
प्रतिनिधिसभा बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । सो बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, गृहमन्त्री बालकृष्ण खाणर्ले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक,...
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने तीन जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएका ३७ वर्षीय बिकाश अमगाईं, भिमसेनथापा गाउँपालिका घर भएका ४० वर्षीय मोहन पुडासैनी र काभ्रेको पनौती नगरपालिका घर भएका ३७ वर्षीय राज कुमार हुमागाईं रहेका छन् ।...
थप २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ९१४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र...
पहिरोका कारण अवरुद्ध भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालन
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा अवरुद्ध मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ । उक्त सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित पान्द्राङमा आज दिउँसो वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त स्थानमा आएको पहिरो हटाइ साँझ...
जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले जग्गा जमिन धितोमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन...
राप्रपाका कार्यकर्ताद्वारा आयल निगममा धर्ना
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नको कारण माग गरेको छ । निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै सोमबार नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिलिटर पेट्रोल, डिजेल र...
क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । उक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, खानी तथा भूगर्भ विभाग लगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठ, राजु फुयाल र राकेशकुमार साहले दायर गरेका हुन् । “ढुङ्गा, गिटी, बालुवा उत्खनन...
राष्ट्रियसभाको मंगलबार बस्ने बैठकमा सात मन्त्रालयको बजेटमाथि छलफल हुने
काठमाडौं । राष्ट्रियसभाको बैठक मंगलबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा सात वटा मन्त्रालयको बजेटमाथि छलफल हुने भएको जनाइएको छ । बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृती, पर्यटन तथा...
दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते
मोरङ । मोरङको बेलबारी नगरपालिका वडा नम्वर ११ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दिउँसो को २० प ७७५२ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय...
सोमबार ४९ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३७ अंकले घटेको नेप्से परिसूचक आज ४९.३१ अंकले घटेर १८८४.८१ को विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको...










