पहिरोका कारण अवरुद्ध भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालन

तु खबर संवाददाता
२०७९ असार ६, सोमबार १७:३३
file-photo

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा अवरुद्ध मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ । उक्त सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित पान्द्राङमा आज दिउँसो वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

उक्त स्थानमा आएको पहिरो हटाइ साँझ ५ बजेदेखि यातायात संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।

यस्तै, गएराति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा अझै यातायात संचालन हुन सकेको छैन । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको हो ।

गत मंगलबार आएको कारण अवरुद्ध भएको उक्त सडकखण्डमा आइतबार मात्रै यातायात संचालनमा आएको थियो । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।