सोमबार ४९ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ असार ६,सोमबार १६:०५

काठमाडौं । आज पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३७ अंकले घटेको नेप्से परिसूचक आज ४९.३१ अंकले घटेर १८८४.८१ को विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका सबै सूचक आज राताम्य भएका छन् । सर्वाधिक बीमा समूहको शेयरमा गिरावट आएको छ । निर्जिबन बीमा समूहको २३९ रुपैयाँले घट्दा जीवन बीमा समूहको २३४.६२ रुपैयाँले घट्न पुगेको छ ।