राप्रपाका कार्यकर्ताद्वारा आयल निगममा धर्ना

तु खबर संवाददाता
२०७९ असार ६,सोमबार १७:१४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नको कारण माग गरेको छ । निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै सोमबार नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ ।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा कति कर लाग्छ ? लगायतका ७ वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिएको जानकारी दिए ।

निगमले गएरातिबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९, डिजेलमा १९२ मूल्यवृद्धि गरेको छ ।