समाचार

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ गतेभन्दा अघि निर्वाचन प्रचारप्रसार नगर्न आग्ह गरेको छ । साथै आयोगले कात्तिक १८ गतेभन्दा अगाडि चुना प्रचारप्रसार गरेको पाइएमा उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने चेतावनी समेत दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म...

६७ औँ प्रहरी दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सोमबार ६७ औँ प्रहरी दिवस मनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा प्रमुख अतिथि राजेन्द्रदेव पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।...

सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा गर्ने निर्णय

काठमाडौं । सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा गर्ने निर्णय भएको छ । शनिबार थारू लेखक संघ नेपालको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । कोहलपुर, बाँकेस्थित कोहलपुर पार्टी प्यालेसमा सम्पन्न बैठकले लक्ष्मी चौधरी तथा श्रीदेवी चौधरीलाई कार्यक्रम तयारी समितिको संयोजक चयन गरेको छ । कार्यक्रमको सहकार्य जंग्रार साहित्यिक...

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको नेपाल आयल निगमले जनाएको छ । जसअनुसार, पेट्रोलमा रु १.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको...

हेटौंडामा मदिरा तथा लागूपदार्थविरुद्ध सरोकारवालाबीच अन्तरक्रिया

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार मदिरा प्रयोगको न्यूनीकरण तथा लागूपदार्थ प्रयोगविरुद्ध सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम हेटौंडा उपमहानगपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो । सिविन नेपाल मकवानपुर तथा हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रम सिविन नेपाल काठमाडौंका...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३१ हजार नाघ्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३१ हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि आइतबारसम्ममा ३१ हजार २१७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् ।...

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुई वटा अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधार १ बमोजिम बागमती प्रदेश सरकारले सिफारिस गरेको उक्त अध्यादेश प्रदेश प्रमुख शर्माले आइतबार जारी गरेका हुन् । जारी भएको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश...

आज भारतीय कांग्रेसको अध्यक्ष पदका लागि चुनाव हुँदै

काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । अ्धयक्ष पदका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान कार्य हुनेछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् । अध्यक्ष पदमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस...

माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार ३ बुँदे सर्कुलर पठाएका हुन् । पठाएको सर्कुलरमा...

कांग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका हुन् । सभापति देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा...