बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा अध्यादेश जारी

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार ०९:१५
file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुई वटा अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधार १ बमोजिम बागमती प्रदेश सरकारले सिफारिस गरेको उक्त अध्यादेश प्रदेश प्रमुख शर्माले आइतबार जारी गरेका हुन् ।

जारी भएको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।