समाचार

आजको मौसम : देशभरको मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ । यस्तै, दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली रहने आकलन गरिएको छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम...

समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउनुपर्ने

काठमाडौं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउन समय तोकेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा...

मकवानपुरमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुग्यो

मकवानपुर । मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रमाणीतर्फको मतपत्र आज आइपुगेको छ । उक्त मत आइतबार अपराह्नमा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणालीतर्फ जिल्लाको क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार...

संविधानको रक्षाको लागि गठबन्धनको जित आवश्यक छ : सभापति बानियाँ

मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को ‘ख’ प्रदेश सभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक रहेको बताएका छन् । सभापति बानियाँले कांग्रेस मनहरी गाउँपालिका–६ सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल...

चाँदीका गरगहनासहित एक जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट विभिन्न प्रकारका चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. १४ बाट करिब २० किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका वडा नम्वर १६ बस्ने ४४ वर्षीय लालबाबु साह रहेको जिल्ला प्रहरी...

बैंकिङ कसूरमा फारार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट साढे दुई करोड बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका–५ घर भई नक्साल बस्ने ५० वर्षीय ब्रजेश उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७१ साउन २३ गते उपाध्यायलाई २ करोड ६१ लाख ५५...

मकवानपुरमा एकैदिन १३२ जना डेंगु संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १३२ जनामा डेंगु संक्रमितका बिरामी फेला परेका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ १२० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, बागमती गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाका एक÷एक जना, मनहरी गाउँपालिकाका दुई जना,...

जंगलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला

दाङ । दाङको जंगलमा गाडिएको अवस्थामा आइतबार दिउँसो दुई जनाको शव फेला परेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नम्वर ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको रहेका...

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार १६२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा ७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै...

क्यानले लगायो अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको हो । उडान खेल सम्बन्धी नीति, नियम तथा कानूनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानून...