समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउनुपर्ने

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार ०८:२३

काठमाडौं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउन समय तोकेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरीवाना बुझाउनुपर्ने भएको हो । जरीवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने समेत आयोगले जनाएको छ ।