बैंकिङ कसूरमा फारार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन ३०, आईतवार १७:१६
सांकेतिक तस्बिर

काठमाडौं । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट साढे दुई करोड बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका–५ घर भई नक्साल बस्ने ५० वर्षीय ब्रजेश उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७१ साउन २३ गते उपाध्यायलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ जरिवाना, १० लाख ४६ हजार २०७ पीडित राहत कोषमा जम्मा गराउन पनि ठहर भएको थियो ।

यस्तै, २ महिना १५ दिन कैद हुने ठहर पनि भएको थियो । त्यसयता फरार रहेका उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनको सजाय कार्यान्वयन गराउन ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।