आज भारतीय कांग्रेसको अध्यक्ष पदका लागि चुनाव हुँदै

एजेन्सी
२०७९ आश्विन ३१, सोमबार ०९:०१

काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । अ्धयक्ष पदका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान कार्य हुनेछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् ।

अध्यक्ष पदमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् ।

मतदानपश्चात नतिजा भने १९ अक्टोबरमा सार्वजनिक हुने समाचार एजेन्सी एएनआईले जनाएको छ ।