समाचार

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । नेपालको संविधानको धारा २४७ मा “यस संविधान बमोजिम निर्वाचन आयोगलाई...

युवालाई सीप र रोजगारीसँग जोड्न गठबन्धन प्रतिवद्ध छ : बानियाँ

मकवानपुर । आगामी मंसिर ४ गते हुने आम निर्वाचनको तयारीको क्रममा लोकतान्त्रिक बाम गठबन्धनमा आवद्ध राक्सिराङ गाउँपालिकाका युवाहरुको भेला शनिबार मनहरीमा गरिएको छ । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन युवा संगठनहरुले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया गर्न भेला आयोजना गरिएको हो । भेलामा बोल्दै लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र...

तपाईको सहयोगले जिउने हौसला र साहस बढेको छ : थ्यांक यु ईन्द्र बानियाँ

मकवानपुर । मेरो नाम ईन्द्रबहादुर बस्नेत हो । मेरो घर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मा पर्छ । म अहिले अटो चलाएर दैनिक जीवनयापन गरिरहेको छु । मसहित परिवारमा ४ जना सदस्य छौँ । परिवारका सबै सदस्यको पालनपोषण मैले नै गरिरहेको छु । २०७४ सालमा मैले चलाएको ट्रक दुर्घटना हुँदा...

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट प्रहरीले १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमार रहेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइछिपाइ ल्याएको अवस्थामा...

‘मैले सुखी र खुसी मकवानपुरको सपना देखेको छु’

मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को (ख) प्रदेश सभा सदस्य पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बनेका गुञ्जनबहादुर न्यौपोले मतदाताको आवश्यकता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत शनिबार...

मेक्सिकोमा गोली लागेर ९ जनाको मृत्यु

काठमाडौं । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरु संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । ‘कमा सवार हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष...

नक्कली नोट र हतियारसहित ६ जना पक्राउ

रौतहट । रौतहट प्रहरीले नेपाली नक्कली नोट र अवैध हतियारसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना. ३३ प. २४५१ नं. को होन्डा साईन मोटरसाइकल र ना. ३ पं. १६८१ नं.को बजाज बक्सर मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको...

भीमफेदीको एक घरमा आगोलागी, एक जना घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ स्थित एक घरमा आगोलागी भएको छ । शुक्रबार राति ११ बजेको समयमा स्थानीय लालबाबु प्रजाको काठले बनेको २ तल्ले कच्चि घरमा एक्कासी आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार,...

दुर्घटनामा परेर हेटौंडाकी स्याङतान गम्भीर घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा शुक्रबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । लेवटबाट हेटौंडातर्फ आउँदै गरेको ना २७ प ७० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५३ वर्षीया बिबिमाया स्याङतान गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते उनको हेटौंडा–११ स्थित...

सामान्य विवाद हुँदा खुर्पा प्रहार, मकवानपुरका राजकुमार घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ रातोमाटेमा शुक्रबार घरेलु हतियार प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय राजकुमार न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शुक्रबार साँझ साढे ६ बजेकोको समयमा स्थानीय...