समाचार

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया...

हेटौंडामा जग्गा दृष्टिबन्धकीबाट पीडित सुनार परिवारले धर्ना दिने

मकवानपुर । मकवानपुरको हेटौंडामा जग्गा दृष्टिबन्धकीबाट पीडित एक सुनार परिवारले आज आइतबारबाट धर्ना दिने भएका छन् । हेटौंडाका जगतबहादुर सुनारको परिवारले हेटौंडाका व्यवसायी नियमराज शाक्यविरुद्ध उनको घरमा धर्ना दिए भएका हुन् । सुनार परिवारले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी व्यवसायी शाक्यले तत्तकालिन समयमा दृष्टिबन्धकीको नाममा आफु र आफ्नो...

शैक्षिक क्षेत्रका समस्या हल गर्न पहल गर्छु : छिन्तु

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले मुलुकको समृद्धिका लागि नै गठबन्धन निमार्ण भएकाले यहाँको शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्न पहल गरिने बताएका छन् । शनिवार बकैया गाउँपालिकामा आयोजित ‘वर्तमान शैक्षिक समस्या समाधानमा संघ र प्रदेश सरकारको भूमिका...

तपाईकै कारण हाम्रो क्षेत्रको विकासले फड्को मारेको छ : थ्यांक यु ईन्द्र बानियाँ

मकवानपुर । मेरो नाम जगत सुवेदी हो । म मनहरी गाउँपालिका वडा नम्वर ७ रमौलीमा बस्छु । विगतदेखि नै हाम्रो यो ठाउँमा नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्र बानियाँले यो बस्ती स्थान्तरण भएर आए लगतै यो बाटोलाई ग्राभल गर्ने काम पहिलो प्राथमिकतामा राखी उहाँले नै बाटो पिच गराउनुभयो । मनहरी...

परमादेशको नजिर गलत सावित गर्न एमालेको सरकार आवश्यकः एकनाथ ढकाल

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सर्वोच्च अदालतले जनताले दिएको स्पष्ट जनादेश हुँदाहुँदै देशीविदेशी चलखेलको प्रभावमा परमादेश जारी गरेको भन्दै त्यो गलत नजिरलाई सावित गर्नको लागि अब नेकपा एमालेको सरकार बन्नुपर्ने बताएका छन् । शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले अदालतले परमादेश जारी गरेर अन्याय...

एकीकृत कृषि तथा खाद्य प्रणालीबारे हेटौंडामा छलफल

मकवानपुर । हेटौंडामा एकीकृत कृषि तथा खाद्य प्रणालीबारे छलफल भएको छ । खाद्यका लागि कृषि अभियानले ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाको सहकार्यमा एक दिने छलफल कार्यक्रमको आयोजना गरेको हो । अभियानले उत्पादन पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार...

देशभर कोरोना सङ्क्रमितको सक्रिय सङ्ख्या ५३० पुग्यो

काठमाडौं । देशभर थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी छ । मन्त्रालयका अनुसार, सो समयमा २४ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि...

१४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

काठमाडौं । काठमाडौँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार राति एक युवकलाई पक्राउ गरेको छ । धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू स्तुपा...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बयलवासबाट तीब्र गतिमा चन्द्रनगरको नाढिमैनतर्फ जाँदै गरेको हाल नम्वर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–६, का विजय मुखियाको मृत्यु भएको जिल्ला प्रहरी...

नदीले बगाउँदा एक पुरुषको मृत्यु

तनहुँ । तनहुँमा शनिबार दिउँसो नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ब्यास नगरपालिकास्थित मादी नदीमा नुहाउने क्रममा पौडेललाई नदीले बगाएर एक किलोमिटर तल पुर्याएको र तत्काल उद्धार...