हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ४, आईतवार १४:२२
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके पैजापुर गाउँपालिका वडा नम्वर ४ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित मयुरधापस्थित मकवानपुर कन्ट्रक्सन प्रा.लि.(निर्माण सम्बन्धि काम गर्ने) मा काम गर्ने ३० वर्षीय ओम प्रकाश थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दिउँसो १२ : ३० बजेको समयमा कन्ट्रक्सनमा मोटर लगाई ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा १ः३६ बजेको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनको शव पोस्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा राखिएको छ ।